जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १५:३८

बसको ठक्करबाट वृद्धको मृत्यु


लहान, बैशाख ३०

सिरहा धनगढीमाई नगरपालिका–२ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ। ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका–४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।