जनता टाइम्स

२२ पुष २०७६, मंगलवार ०९:१४

मौसम पूर्वानुमान : आजदेखि फेरि वर्षा र हिमपात हुने, सतर्कता अपनाउन सुझाव


काठमाडौं, पुस २२ । नेपालमा फेरि पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा आजबाट फेरि बदली सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा मध्यम हिमपात हुनेछ ।

यसैगरी पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । आज राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।