काठमाडौं, पुष २२
काठमाडौंका विभिन्न ठाउबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । पर्यटक भिषामा नेपाल आएका उनिहरुले अवैध काम गरेको भन्दै पक्राउ गरिएको थियो । पक्राउ परेको सबैलाई बुधबार चिनको जिम्मा लगाइदैछ ।
उनिहरुलाई अध्यागमन कानुन उल्लंघन गरेबापत जरिवाना समेत तोकिएको छ । ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजारका दरले जरिवाना गरिएको विभाग स्रोतले जानकारी दिएको छ । जरिवाना मंगलबार नै नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीले तिरिसकेका छन् । बुधबार विशेष विमानबाट उनिहरुलाई चिन लगिदैछ ।
‘चिनियाँ नागरिकलाई पर्यटक भिसा दुरुपयोग, सन्दीग्ध गतिविधि र राहदानी विनै बसेको आरोपमा दोषी देखाउँदै ४ वर्षका लागि निस्कासन गर्ने निर्णय भएको विभाग स्रोतले जानकारी दिएको छ । अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले निष्कासन प्रक्रिया मंगलबार नै सकिने रबुधबार उनीहरुलाई चीन फिर्ता पठाउने गरी तयारी भएको बताउनु भयो । यसअघि जिल्ला प्रशासन कार्यालयले जनही एक एक हजार रुपैयाँ जरिवाना गर्दै रिहा गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्