जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १७:०५

गण्डकी प्रदेश समृद्ध बन्छः मुख्यमन्त्री गुरुङ


पोखरा, बैशाख ३०

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ ।

पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

सङ्घीयताले दिएको अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ ।”