जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १७:५१

अस्ट्रेलियाका जनताप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट


काठमाडौं, पुष २५

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाले अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लेलाई सम्बोधन गर्दै डढेलोले मानवीय, वनस्पति, जीवजन्तुमा पुर्‍याएको क्षतिप्रति समवेदना प्रकट गर्नुभएको हो ।

‘अस्ट्रेलियन सरकार, जनता र डढेलोमा ज्यान गुमाएको परिवारप्रति समवेदना र सहानुभूति प्रकट गरेको छु’, शुक्रबार राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ । साथै उहाले डढेलो नियन्त्रण गर्न सफलताको कामना समेत गर्नुभएको छ । अस्ट्रेलियामा केही महिनादेखि लागेको डढेलोका कारणअहिलेसम्म २७ जनाले ज्यान गुमाएका छन् भने ५० करोड पशुपंक्षी मरेको अनुमान गरिएको छ ।