जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०८:४६

पाकिस्तानको मस्जिदमा विष्फोट , डीएसपीसहित १४ जनाको मृत्यु


 

काठमाडौं, पुस २६ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जानकारी दिएको छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ ।