जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०९:५९

एक नेपालीले कोरियामै गरे आत्महत्या


काठमाडौं, पुष २९

दक्षिण कोरियामा रहेका एक नेपालीले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका ति युवकले कम्पनीमै आत्महत्या गरेका हुन् ।

२१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिनुभयो । कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए । बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए ।

राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ ।