जनता टाइम्स

२ माघ २०७६, बिहीबार १७:४०

नेपाल भ्रमणमा आउँदै बेल्जियमकी राजकुमारी


काठमाडौं, माघ २

बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ते भ्रमणका लागि नेपाल आउने भएकी छन् । उनी आइतबार नेपाल ओर्लने भएकी छिन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछिन् । उनले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनी कैलाली,नवपरासी र चितवन भ्रमण गर्नेछिन् ।

अस्पतालमा रहेका सेवा सुविधाहरुलाई बेल्जियमको गैरसरकारी संस्था डमीयन फाउन्डेसनले सहयोग गर्दै आएको छ । राजकुमारी उक्त संस्थाको मानार्थ अध्यक्ष समेत हुन् । राजकुमारी समाजसेवा र पर्यावरण संरक्षणका लागि विभिन्न संघ–संस्थाहरुमा समेत आबद्ध छिन् ।