जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १०:२७

निर्भया केस : फासीको सजाय पाएका विनयद्वारा आत्महत्याको प्रयास


नयाँ दिल्ली, माघ ३

कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद निर्भया बलात्कार घटनाका दोषी विनय शर्माले तिहाड जेलमा फासी लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

कारागार श्रोत तथा विनयका वकिल एपी सिंहले दाबी गरेका छन् कि यो घटना बुधबार बिहानको हो । विनयले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि त्यहाँ तैनाथ रहेका सुरक्षाकर्मीले उनलाई जोगाएका थिए । तर कारागारका महानिर्देशक सन्दीप गोयलले यो घटना इन्कार गरेका छन्।

श्रोतका अनुसार विनयलाई मेडिकल इन्स्पेक्शन रूममा २४ घण्टासम्म डाक्टरको निगरानीमा राखिएको थियो । घटनापछि जेल नम्बर २ मा रहेका विनयसहित मुकेश, अक्षय र पवनलाई जेल नम्बर ४ मा सिफ्ट गरिएको खबर भारतको दैनिक भाष्करले लेखेको छ ।