जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १०:४०

मोदी सरकारका ३५ मन्त्री एकैचोटी जम्मु–काश्मीर जादै


नयाँ दिल्ली, माघ ३

भारतको जम्मु–काश्मीरको विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज भएको ५ महिनाभन्दा धेरै समय भइसकेको छ । अहिले केन्द्रीय सरकारले जम्मु काश्मीरमा सबै ठीक भएको बताउँदै आएको छ ।

उता विपक्षले भने त्यहाँ सबै कुरा ठीक भएमा किन आफूहरुलाई जान नदिइएको भनेर प्रश्न उठाइरहेको छ । त्यहाँका नेताहरुलाई किन नजरबन्दमा राखिएको भनेर समेत विपक्षीले प्रश्न उठाइरहेको छ ।

साथै त्यस क्षेत्रमा अझै पनि इन्टरनेट सेवा अवरुद्ध रहेको छ । सत्तापक्ष र विपक्षको विवादकै बीचमा केन्द्र सरकारका ३६ मन्त्रीले भोलि जनवरी १८ तारेखदेखि २५ तारेखसम्म जम्मु–काश्मीर क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

अल इन्डिया रेडियोले जनाए अनुसार यी सबै मन्त्रीहरु जम्मु र काश्मीरको फरक फरक स्थानमा गएर संविधानको धारा ३७०का प्रावधानलाई जम्मु र काश्मीरबाट हटाएपछि परेको प्रभावको बारेमा स्थानीय बासिन्दासँग कुरा गर्नेछन् । यस्तै सरकारले त्यहाँ लिएको नीतिका बारेमा जानकारी गराउने जनाइएको छ । कानुनमन्त्री रबीशंकर प्रसाद र मानव संशाधान विकास मन्त्री रमेश पोखरियाल समेत ५ मन्त्री घाटी क्षेत्रमा गएर स्थानीयसँग कुरा गर्ने र बाँकी जम्मू क्षेत्रमा जाने बताइएको छ । उनीहरु २४ जनवरी सम्म त्यहाँ रहने जनाइएको छ । (बीबीसी)