जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १०:५४

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


कैलाली, बैशाख ३१

कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका-५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ