जनता टाइम्स

६ माघ २०७६, सोमबार ०७:१८

कुकुरले फेदैदेखि मान्छेको लिङ्ग खाइदिएपछि…


काठमाडौं, माघ ६ । दुई सय वर्षअघि पत्रकारिता सिकाउँचाल्स एन्डरसन डानाले लेख्नुभएको थियो, ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, डानाले कहाँ टोक्यो भने चाहिँ कुकुरले टोके पनि समाचार बन्छ भनेर लेखेनन् ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उहाँ र उहाँका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ । सन्तोष केसी अहिले १५ वर्षका हुनुभयो । कुकुरले उहाँको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो ।

केसी अब बालिग हुन थाल्नुभयो । उहाँका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको छ । आजको नेपाल समाचारपत्रमा पत्रकार सलिम अन्सारीले यो समाचार लेख्नुभएको छ ।