जनता टाइम्स

७ माघ २०७६, मंगलवार १२:०५

प्रधानमन्त्री ओलीले दिनुभयो भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो, यस्तो आयो जवाफ


काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथाशीघ्र र उपयुक्त समयमा नेपाल भ्रमण गर्न भारतका प्रधानमन्त्री मोदीलाई निम्तो दिनुभएको छ ।

यो भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका सबै विषय सम्वादबाट हल गर्नेुपर्नेमा समेत जोड दिनुभयो । प्रधानमन्त्री ओलीको निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गर्दै निमन्त्रणाका लागि धन्यवाद दिनुभयो । उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफूलालायित रहेको बताउनु भयो ।