जनता टाइम्स

७ माघ २०७६, मंगलवार २०:०४

सूर्यविनायक नगरपालिकाले गर्यो आफ्नै अस्पताल सञ्चालन


भक्तपुर, माघ ७ । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक–४ दधिकोटमा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ । सूर्यविनायक नगरपालिका–४ अन्तर्गत दधिकोटको गाम्चामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले सूर्यविनायक नगरपालिका अस्पतालको नामबाट सञ्चालनमा ल्याएको हो ।

अस्पतालको नगरपालिकाका प्रमुख वासुदेव थापाले आज उद्घाटन गर्दै नगरवासीलाई सस्तो र सुलभरुपमै स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गरी स्थानीयलाई सहज रुपमा उपचारको व्यवस्था गरेको बताउनुभयो ।

नगरपालिकाले रु ६५ लाखको लागतमा निर्माण गरिएको तीन कोठाको तीनतल्ले अस्पताल भवनबाट २४ सै घण्टा आकस्मिक सेवा र प्रसूति सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । अस्पताल शुरु भएसँगै यहाँका स्थानीय बासिन्दालाई उपचारमा सहज भएको वडा नं। ४ का वडाध्यक्ष उत्तम थापाले जानकारी दिनुभयो ।