जनता टाइम्स

११ माघ २०७६, शनिबार १०:१६

परिवारका ६ जनालाई गोली हानेपछि आफैले गरे प्रहरीलाई खवर


काठमाडौं, माघ ११

जर्मनीमा एक व्यक्तिले गोली हानी आफ्नो परिवारका ६ जनाको हत्या गरेका छन् । २६ वर्षका ती व्यक्तिले आफ्ना अभिभावकसहित परिवारका ६ जनाको हत्या गरेका हुन् ।

जर्मनीको दक्षिण–पश्चिम बजार रोत एम सीका ती व्यक्तिले स्थानीय समय अनुसार शुक्रबार लञ्च टाइममा प्रहरीलाई फोन गरेका थिए । प्रहरीको आपतकालीन सेवामा फोन गरेर ती व्यक्तिले आफूले रेस्टुरेन्टमा गोली चलाएको बताएका थिए ।

इजाजत प्राप्त बन्दुक लिएका ती व्यक्तिले प्रहरी आउने बेलासम्म पर्खिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । रेस्टुरेन्टमा ६ जनाको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ज्यान गुमाउने तीनजना महिला र तीन पुरुष हुन् ।

उनीहरुको उमेर ३६ देखि ६९ वर्षसम्म रहेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर आक्रमणकारीका अरु दुई आफन्त गम्भीर घाइते भएका छन् । पारिवारिक विवादका कारण गोलीकाण्ड भएको अनुमान छ ।