जनता टाइम्स

१६ माघ २०७६, बिहीबार ०९:५३

भारतमा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु


झापा, माघ १६

भारतमा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार अपराह्‍न भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको हो ।

१२ जना घाइते छन् । झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ को गाडीमा सवार थिए । विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना भइ नेपाली यात्रु सवार गाडीमा ठक्कर खाएको थियो । ठक्करपछि नेपाली यात्रु सवार गाडी पल्टिएको थियो ।

इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न आफन्तहरु बुधबार भारततिर हिँडेका थिए । भारतबाट मृतकको शव ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।