जनता टाइम्स

१८ माघ २०७६, शनिबार ०७:१६

फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक संजालमा विज्ञापन गरे कारवाही गर्नेराष्ट्र बैंकको चेतावनी


काठमाडौ, माघ १८ । नेपाल राष्ट्र बैंकले कुनै पनि सामाजिक सञ्जालमा गरिने विज्ञापनमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक संजालमा विज्ञापन गरे कारवाही गर्ने चेतावनी दिएको हो । मुद्रा सटही सुविधा नलिई गरिने कुनै पनि कारोबारबाट विदेशी विनियम अपचलन हुने भएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार गरेमा विदेशी विनियम नियमित गर्ने ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन ।

तर, सामाजिक संजालमार्फत गरिने विज्ञापनको नाममा अर्बौ नेपाली रुपैयां विदेश गैरहेको छ । सरकारले विज्ञापन ऐनमा फेसबुक लगायत सबै सामाजिक संजालका कार्यालयहरु नेपालमा विधिवत रुमा दर्ता गरेर संचालन गर्नुपर्ने व्यवस्था गर्न लागेको छ ।