जनता टाइम्स

१९ माघ २०७६, आईतवार १३:२३

नोवेल कोरोना भाइरस : फिलिपिन्समा एक जनाको मृत्यु


काठमाडौं, माघ १९

नोवेल कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । संक्रमणबाट चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो । फिलिपिन्सले वुहानबाट फिलिपिन्स गएका आफ्ना ४४ वर्षका नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी विश्व स्वास्थ्य संगठनलाई गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबिच कोराना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ ।

चीनको स्वास्थ्य विभागले १४ हजार ३ सय ८० जना संक्रमित भएको पुष्टि गरेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा २ हजार ५ सय ९० जना नयाँ संक्रमण पुष्टि गरेका छन् । संक्रमण झन्–झन् बढ्दै गएपछि चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । सबै उडान बन्द गरिएको जानकारी चीन सरकारले दिएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ । एजेन्सी