काठमाडौं, माघ १९
कोरोना भाइरसको संक्रमण नरोकिएपछि विश्वका विभिन्न देशहरुले वुहानमा रहेका आफ्ना नागरिक फिर्ता लाने क्रम चलिरहेको छ । कतिपय राष्ट्रहरुले चीन प्रवेश र चीनबाट आफ्नो देश प्रवेशमा रोक लगाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई स्वास्थ्य आपत्कालको घोषणा गरेपनि अहिलेको अवस्थामा कुनै पनि देशले कहीको यात्रामा रोक लगाउन पर्दैन भनेर स्पष्ट पारिसकेको छ ।
के–के भइरहेको छ ?
- विश्वकै सर्वाधिक लोकप्रिय ईलोक्ट्रोनिक्स कम्पनि एप्पलले केहि समयका लागि चीनमा बिक्रि वितरण स्थगित गरेको छ ।
- चीनद्वारा युरोपेली संघलाई मेडिकल सामाग्री सहयोग गर्ने सम्वन्धमा पहल गर्न आग्रह ।
- भीयतनाम एअरलाइन्सले चीन, हङकङ र ताइवानको लागि विमान रद्द गरेको छ ।
- न्यूजिल्याण्ड, एअर क्यानाडा, ब्रिटिश एअरवेजले पनि चिन तर्फ जाने विमान बन्द ।
- सिंगापुरद्वारा चीन प्रवेश गर्ने जहाज बन्द ।
- अमेरिका र अष्ट्रलियाले चीन प्रवेश गर्ने जहाज बन्द गरे ।
- कतारले चीनको उडान बन्द ।
- उज्वेकिस्तानद्वारा चीनको उडान बन्द।
- तुर्किमिनिस्तानद्वारा चीनको उडान बन्द ।
- इरानले चीन प्रवेश र चीनबाट आउने विमान बन्द ।
- थाइल्याण्डले चीनबाट आफ्ना नागरिक लग्यो ।
- ईण्डोनेशियाले शैन्य अड्डामा क्यारेन्टाइनको व्यवस्था गर्यो ।
- भारतले हुबईका ३०० जना आफ्ना नागरिक फिर्ता लग्यो।
- टर्कीले वुहानबाट ४२ जना नागरिक फर्कायो ।
- जापानद्वारा २०२० का ओलम्पिकका खेलहरु रद्द ।
प्रतिक्रिया दिनुहोस्