जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १२:५५

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी र सचिवमा सुरेश गौतम चयन (नामावलीसहित) 


बेलायत, माघ २४ । प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडसैनी चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रवास कमिटीका सवै देशको अध्यक्ष र सचिवको टुंगो लगाउने क्रममा बेलायतमा पुडासैनीलाई अध्यक्षको जिम्मेवारी तोकेको हो । नेकपाले मञ्चको सचिवमा सचिवमा सुरेश गौतमलाई चयन गरेको छ ।

लामो समय बिद्यार्थी आन्दोलनमा बिताउनु भएका पुडासैनी बेलायतमा सवैमाझ लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्छ । उहाँ सरस्वति क्याम्पसको स्विबियु सभापतिको जिम्मेवारी समेत पूरा गर्नुभएको योद्धा हुनुहुन्छ । अवचलित रुपमा पार्टीमा लाग्नुभएका पुडासैनी पार्टीको अनुशासन उलंघन गर्ने र पार्टीका उम्मेद्वार हराउने अभियानमा कहिल्यै लाग्नुभएको छैन । सोही कारण नेकपाले पुडासैनीलाई नै अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै सचिव गौतम पनि बेलायतमा लोकप्रिय नेताका रुपमा स्थापित नाम हो ।

बेलायतको कमिटीको अन्तिम रुप दिँदै नेकपाले सदस्यहरुको पनि टुंगो लगाएको छ । जसअनुसार रबिन्द्र कँडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल,कुमार केसी बिजय बिक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोक्तान, सुशिला राई, बिमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कँडेल र जोनी पहाडी हुनुहुन्छ । यस्तै मनबहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कँडेल, पुल कँडेल, अरुण थापा, राजन अर्याल, यस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एचके पौडेल र मिनु श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।