जनता टाइम्स

२८ माघ २०७६, मंगलवार ०९:५९

दिल्लीमा फेरी केजरीवालको आप कै दबदबा


काठमाडौं, माघ २८

भारतको दिल्लीमा फेरि पनि आम आदमी पार्टी (आप) नै सत्तामा आउने देखिएको छ । अरबिन्द केजरीवालको नेतृत्वमा रहेको आप लगातार सत्तामा आउने भएको हो ।

गएको शनिबार भएको विधानसभा चुनावको मतगणना भईरहँदा दिल्लीका ७० विधानसभा सिट मध्ये झण्डै दुई तिहाईमा जित हासिल गर्ने देखिएको छ । जारी मतगणनामा आपले ५२ सिटमा अग्रता लिएको छ ।

केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले पनि विधानसभा चुनावमा भन्दा सुधारिएको प्रदर्शन गरेको छ । विगतमा तीन सिट मात्रै जितेको भाजपाले अहिले १८ सिटमा अग्रता लिएको छ । कांग्रेस भने यो पटक पनि सिट बिहीन हुने देखिएको छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो ।