जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार ०९:०४

ढुंगाखानीमा पुरिएर कुवेतमा चार नेपालीको मृत्यु


काठमाडौं । कुवेतको एक ढुंगा र बालुवाखानीमा पुरिएर चारजना नेपालीको नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेको नाम भने अझै खुलेको छैन । अरब टाइम्सले जनाएअनुसार ढुंगा फुटाउने क्रममा त्यहाँ कार्यरत श्रमिक पुरिएका थिए ।

पुरिएका श्रमिकलाई अहिले पनि निकाल्ने काम भइरहेको छ । घटनास्थलबाट अहिलेसम्म ६ जनाको शव निकालिएको समाचारमा जनाइएको छ । त्यहाँ कम्तिमा पनि १३ जना नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।