जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार ०७:२९

हाइटीको एउटा अनाथालयमा भिषण आगलाली, आगोमापरी १५ बालबालिकाको मृत्यु


काठमाडौं, माघ  ३ । हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएका हो । १३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले अनुमति बिनै सञ्चालन गरिएको अनाथालयमा आगलागीका बेला ६० जना बालबालिका रहेको जानकारी दिए । बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ ।

धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन । अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन् ।