जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार १९:३४

चीनले दियो अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाडन आदेश, यस्तो छ कारण


बेइजिङ, फागुन ७ । चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । चिनियाँ बिदेश मन्त्रालयले आज ती पत्रकारलाई सो आदेश दिएको हो ।

अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ । पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ । अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन । चीन र देङ अमेरिकन नागरिक हुन भने वेन अस्ट्रेलियन नागरिक भएको वासिङटन पोस्टले जनाएको छ ।

जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए । स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।