जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १२:०५

कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन दुतावासको आग्रह


काठमाडौं, फागुन ११

दक्षिण कोरियामा पछिल्लो समय फैलिएको कोरोनाबाट बच्न त्यहास्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । त्यहा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको छ । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । एक दिनमै दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको हो । शनिबार एकै दिन थप २२९ जनामा संक्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा शुक्रबारदेखि ठूलो संख्यामा संक्रमण देखिएको हो । शुक्रबारयता दक्षिण कोरियामा संक्रमितको संख्या ४३३ पुगेको छ।