जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार ०९:३९

खुशीको खवर : कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको वैज्ञानिकको दाबी


काठमाडौं, फागुन १४,  अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ ।

अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ । यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ । चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।