एजेन्सी । कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । हेलिकप्टर स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको कोलम्बियाको वायु सेनाले जनाएको छ । मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दुर्घटना भएको कोलम्बियाको वायु सेना (एफएसी) ले उल्लेख गरेको छ ।
सेनाको हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्