जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार ०८:०७

राष्ट्रपतिद्वारा संसद् भङ्ग, वैशाख १३ मा मध्यावधि चुनाव


श्रीलङ्का, फागुन २०  श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेका छन् । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल ९वैशाख १३० मा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् ।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो । सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र सुरु हुनेछ