जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १२:३८

न्यूयोर्क टाइम्सले लेख्यो ‘नेपालका लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री अस्पतालमा’


काठमाडौ, फागुन २१

अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको समाचार छापेको छ । मिर्गौला प्रत्यारोपणका लागि उहा अस्पताल भर्ना भएको समाचार प्रकाशित गरेको हो ।

समाचारमा न्युयोर्क टाइम्सले प्रधानमन्त्री ओलीलाई शुरुमै ‘नेपालका लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्री’ भनेर परिचय गराएको छ । न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले ओली लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित रहेको र उपचारका लागि पटक पटक भारतदेखि सिंगापुरसम्म पुगेको उल्लेख गरेको छ ।