जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार ११:०३

मंगलग्रहको सतहको फोटो सार्वजनिक


काठमाडौं, फागुन २२

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को क्युरियोसिटी रोभरले मंगलग्रहको हालसम्मकै उच्च रिजोलुशनयुक्त फोटो खिचेको छ । सन् २०१२ मा मंगलग्रहमा अवतरण भएयताकै सबैभन्दा विस्तृत तस्बिर खिचिएको नासाले जनाएको छ । नासाले मंगलग्रहमा खिचिएका करिब १००० फोटोहरुको पानारोमा तस्बीर तयार पारेको छ ।

क्युरियोसिटी रोभरले सन् २०१९ मा यसको टेलिफोटो लेन्सबाट मंगलग्रहका ती तस्बिरहरु खिचेको थियो । यी सबै तस्बिरहरु १.८ विलियन पिक्सेलका छन् । अहिले मानिसहरुले दैनिक प्रयोगमा ल्याउने मोबाइलमा औषतमा ५० मेगापिक्सेलको क्यामेरा जडान गरिएको हुन्छ । यी तस्बिरहरु गत नोभेम्बर २४ देखि डिसेम्बर १ सम्म खिचिएको नासाले जानकारी दिएको छ ।

मंगलमा क्युरियोसिटी रोभरले प्राचिन नुनिलो ताल पनि पत्ता लगाएको छ । यो तालको बीचमा १६ हजार ४०४ फुट अग्लो पहाड पनि भेटिएको छ । मंगलग्रहस्थित ग्लेन टोरिडोनमा रहेको रोभरले त्यहाँ रहेको चट्टानी थुम्काहरुको पनि विस्तृतमा तस्बिर लिएको छ । रोभरले मंगलग्रहमा केही रासायिनिक परीक्षणहरु पनि गरेको छ । तस्विरका लागि यहा क्लिक गर्नुहोस् ।