जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार ११:१५

इजरायली प्रधानमन्त्रीले भने – अब नमस्कार गर्नुहोस्


एजेन्सी

विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण हात मिलाउने कुरामा अब कमि आउन थालेको छ। हाल मिलाउनुको सट्टामा ‘नमस्ते’ भन्ने चलन सुरु भएको छ। कोरोना भाइरस फैलिएपछि हात मिलाउँदा संक्रमणको जोखिम भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आफ्ना नागरिकलाई हात नमिलाई नमस्ते गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको उक्त सल्लाहपछि भारतका नेता शशि थरुरले यसको स्वागत गरेका छन् । पूर्वीय सभ्यता विज्ञान भएको भन्दै उनले नेतन्याहुको आग्रहमा खुसी व्यक्त गरेका छन् । इजरायली प्रधानमन्त्रीले कोरोना रोक्नका लागि सबैभन्दा पहिलो कुरा आफैं सतर्क हुनुपर्ने भन्दै उनले हात नमिलाउन भनेका छन् । देशवासीलाई सम्वोधन गर्दै उनले कोरोना रोक्न केही कदम चाल्न जरुरी भएको भन्दै अब मानिसहरुले एक अर्कालाई छुन बन्द गर्नुपर्ने र त्यसको शुरुवात हात मिलाउन रोक्न सुरु गर्नुपर्ने बताए। हालसम्म ७० देशमा कोरोना फैलिएको छ। ३ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।