काठमाडौं, फागुन २२
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले विश्वव्यापी संक्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो ।
भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अंकमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा भिक्स, अदुवा र जीराको दाना घरमा राखेर परेको खण्डमा दैनिक सेवन गर्न तथा स्प्रिड, डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्