काठमाडौं, फागुन २२
कोरोना भाइरस ‘कोभिड १९’ ले विश्व नै त्रसित बनिरहेको बेला चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । चाइनाको एक सेन्ट्रल टेलिभिजनका अनुसार चिनियाँ सेनाको मेजर जनरल शेन वेईको टिमले कोरोना भाइसविरुद्धको भ्याक्सिन बनाएको समाचार सार्वजनिक भएको हो ।
पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ समेत रहेकी वेई खतरनाक भाइसरविरुद्धको खोप बनाउँदै विश्वलाई खतराबाट बचाउँदै आएकी छिन् । उनको टोलीले यसअघि पनि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाइसकेका छन् । चीनको मिलिट्री मेडिकल साइनस एकेडेमीले खतरनाक भाइरस विरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता प्राप्त गर्दै आएको छ ।
कोरोना विरुद्धको भ्याक्सिन बनाउन एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा बढि वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ताहरुले रात दिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको टेलिभिजनले जानकारी दिएको छ । यो टिमले एक महिनादेखि वेईको नेतृत्वमा वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । चीनको अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाडै उपलब्ध हुने र कोरोनाको आतङ्क अन्त्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्