जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार १६:१७

भद्रपुर विमानस्थलमा कोरोना सहायता कक्ष


झापा, फागुन २२

कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिनुभयो ।