जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार १०:१८

कतार प्रहरीमा नेपालीले पाए अबसर, १७९ जना भर्ती


काठमाडौँ, फागुन २३

कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् ।

यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।

प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले इमानदारीको साथ कायस्थलमा आफ्नो दायित्व निर्वाह गर्न नेपालीलाई आग्रह गर्नुभयो । उहाले नेपालीलाई प्रहरी सेवा अवसर दिने कामले नेपाल र कतारबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताउनु भयो ।