जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार ०८:२२

चीनमा क्वारेन्टाइन सेन्टरका रुपमा प्रयोग भएको होटल भत्कियो


काठमामडौं, २५ फागुन । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि प्रयोग गरिँदै आएको चीनको एक होटल भत्किँदा झण्डै ७० जना फसेका छन् । पाँच तले भवन भत्किएको हो । फसेका मध्ये ४७ जनालाई आइतबार बिहानसम्म भत्किएको भवनबाट निकालिएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ । फुजियान प्रान्तको शहरमा रहेको होटल भत्किएको हो । भवन के कारणले भत्किएको हो भन्ने खुलेको छैन । सन् २०१८ मा सञ्चालनमा आएको चेङ्झोउमा रहेको होटलमा पाहुनाका लागि ८० वटा कोठा थिए ।