जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार ०९:१०

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, स्वस्थ बन्ने क्रम रफ्तारमा


काठमाडौं, फागुन २८

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ । उहाले आज विहानबाट आफ्नो नियमित कर्म गर्न शुरु गर्नुभएको छ । हिडडुल तथा नियमित व्यायाम गरिरहनु भएका प्रधानमन्त्री ओलीले आज विहान आफैले दाह्री समेत काट्न सक्ने अवस्थामा पुग्नू भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाको स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको जानकारी दिनुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ’, सल्लाहकार थापाले जानकारी दिनुभयो ।