काठमाडौं, फागुन २८ । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् । धेरैथरी रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस भन्ने उदेश्यले अमेरिकाको टेक्सासमा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका(६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराइरहनु भएको छ । पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिनुभयो । कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आलेले अमेरिकी डलर ५१, मानबहादुर र बिरपति बाँठामगर ५१, जीवराज बुढारयाशिका बाठामगर ५१, मणी थापा १०१, लक्ष्मी पुन २५, गंगा सिंजाली ४९, रबिन थापा मगर ४१, सबिता थापा ३०, रिम थापा ३०, सरु गाहा ३०, यम थापा २५ सहयोग गर्नुभएको थियो ।
यस्तै रबिन मगर ५१, करन थापा ४१, सुमन पाठक १५, खेम निरौला २५, प्रविन कवर २७, दिपक थापा ५१, देवि थापा ३०, कमल मगर ४१, लिला लामिछाने २५, यज्ञ राना ५०, कमला थापा ५०, दिपक कार्की २०, तेजेन्द्र थापा २५, नारायण केसी २५, निग्मा शेर्पा ५०, नगेन्द्र लिम्बु २५, दिपक छेत्री २५ र जानकी थापा ५० डलर सहयोग गर्नुभएको थियो । संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्