जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार १६:४५

कोरोना रोकथामका लागि युवा संघ नेपालले थाल्यो अभियान, यस्तो छ कार्यक्रम


काठमाडौं, फागुन २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा युवा संघ नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ‘जहाँ समस्या, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।

संघका इञ्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यता तथा संयोजक रामप्रसाद सापकोटा, दीपशिखाको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले संघका नेता किरण पौडेललाई जागरण तथा सचेतना अभियान संचालनको नेतृत्व दिएको छ ।

बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम प्रभावकारी बनाउन संगठनका सबै सदस्यलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि संघले व्यवहारिकरुपमा अभियान नै सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

बैठकले एक÷दुई दिनभित्रमा एकताका बाँकी प्रक्रिया टुंगो लगाउने र चैतको १५ गतेसम्म सपथ सक्ने निर्णयसमेत गरेको सहसंयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।