जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार ११:२०

कोरोनाबारे कुनै शंका छ १११५ मा फोन गर्नुहोस्


काठमाण्डौ, फागुन ३०

कोरोना भाइरस (कोभिड–१५) बारे बुझ्न सरकारले १११५ नम्बरको फोन संचालनमा ल्याएको छ । सो भाइरसका बारेमा विभिन्न शंका उपशंका भए पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो । महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको छ । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।