जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १४:००

डाक्टर बने नेकपाका नेता भीम रावल


काठमाडौं चैत ३। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि पिएचडीको उपाधि लिनुभएको छ । पूर्वउपप्रधान, गृह र रक्षामन्त्रीसमेत भइसकेका रावलले ‘पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल’ शीर्षकमा विद्यावारिधि गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले रावलले विद्यावारिधि गरेको जनाएको छ । विद्यावारिधि प्राप्त गरेपछि त्रिव पदाधिकारीसँग रावलले तस्बिर खिच्नुभएको थियो । नेकपामा बौद्धिक नेताका रुपमा परिचित रावलले कम्युनिष्ट आन्दोलनलाई नै आफ्नो बिद्यावारिधिको लागि बिषय रोज्नुभएको थियो ।