जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १४:००

टेकु अस्पताल भर्ना भएका तीन बिरामीमा देखिएन कोरोना संक्रमण


काठमाडौं, चैत ५ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जना बिरामीमा संक्रमण नभएको पाइएको छ । सो अस्पतालले परीक्षणपछि यस्तो जानकारी दिएको हो ।

अस्पतालका अनुसार भर्ना भएका दुई जनाको भने रिपोर्ट आउन बाँकी छ । विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको थियो । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो ।

तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिनुभयो ।