जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १६:१५

डाक्टर सुन्दरमणि दिक्षितमा देखिएको कोरोना भाइरस


काठमाडौं, चैत ५ । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले आवश्यक सवै कदम चालेको छ । सरकारको सतर्कताकै कारण अहिलेसम्म नेपाल कोरोनाको ग्रिन सिग्नलमा छ । बिश्व स्वास्थ्य संगठनले अहिलेसम्मको सुचीमा नेपाललाई यस्तो सूचीमा राखेको हो ।

सरकारको उच्च सतर्कताकै कारण मुलुकमा कोरोना भाइरसको प्रकोप नदेखिए पनि केही चिकित्सकहरुमा नै जनतालाई आतंकित पार्ने कोरोना भाइरस देखिएको छ । यसरी जनता आतंकित पार्दै सरकारबिरुद्ध खनिने कोरोना भाइसके सवैभन्दा पहिला डाक्टर सुन्दरमणि दिक्षितमा देखिएको छ । प्रतिष्ठित चिकित्सक दिक्षित मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालमा कोरोना परीक्षण गर्ने किट नै छैन भन्दै जनता आतंकित पार्ने कोरोना भाइरस फैलाउनु भएको हो । उहाँका अनुसार नेपालमा कोरोना आइसकेको छ तर परीक्षण गर्ने बिधि नै नभएकोले पत्ता लागेको छैन ।

डाक्टर दिक्षितको यो तर्क सही भएको भए नेपालमा थुप्रैको ज्यान गइसकेको हुने थियो । तर सरकारले अपनाएको सतर्कताबाट जनताको ध्यान अन्यत्र मोडदै आतंकित पार्ने र बिदेसी डलर भित्र्याउने योजनाअनुसार उहाँले कोरोना भाइरसको बारेमा अफवाह फैलाउनु भएको हो । ‘डाक्टर दिक्षित जस्तो प्रतिष्ठित चिकित्सकले यसरी कोरोनाबारे बोल्दा आश्चर्यचकि परेका छौं, उहाँको दिमागमा कोरोना भाइरस सल्किएको प्रमाण हो यो,’ नेपाल मेडिकल काउन्सिलमा आवद्ध एक चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार बिश्वभर आतंकित बनाएको कोरोना भाइरस आइ नै सक्यो भन्दै आतंकित मच्चाउनु पनि एक प्रकारको कोरोना भाइरस नै हो । जुन डाक्टर दिक्षितले रोग नलागे पनि कोरोनाको त्रासमा आफूले प्राप्त गरेको प्रतिष्ठाको आडमा स्वेतग्रेभी आतंक मच्चाउनु भयो । आफै चिकित्सक रहेकोले टेकुमा गएर बिरामीको उपचार बिधि नहेरी यस्तो अफवाह फैलाएर जनतालाई आतंकित पार्ने कोरोना भाइरस आफ्नो दिमागमा रहेको दिक्षितले प्रमाण दिनुभएको हो ।