जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार ०९:३८

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना


काठमाडौं, चैत ६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराई गएराती अस्पताल भर्ना हुनुभएको हो । उहाँका स्वकीय सचिव बिश्वदिप पाण्डेका अनुसार ‘ब्याक पेन भएर राती ८ बजेतिर भट्टराई अस्पताल भर्ना हुनुभएको हो ।

चिकित्सकको सल्लाहमा राती उहाँ अस्पतालमै रहनुभयो। एञ्जियोग्रामलगायतको परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकोले केही प्रक्रिया पूरा गरी उहाँ आजै डिस्चार्ज हुने पाण्डेले जानकारी दिनुभएको छ ।