जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १४:३५

त्रिबिका सवै परीक्षा स्थगित, कर्मचारीलाई दियो बिदा


काठमाडौं, चैत ६ । त्रिभुवन विश्वविद्यालयले चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को आजको बैठकले यस्तो निर्णय गरेको हो । कार्यकारी परिषद्ले परीक्षा स्थगित गर्न सबै सङकाय तथा परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सवै परीक्षा स्थगित भएको हो ।

निर्देशनअनुसार सम्पूर्ण परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार अर्को परीक्षाको मिति कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर तोकिनेछ । तर यसअघि नै सुरु भएका तर बिहीबार अन्तिम दिन रहेका परीक्षा भने सूचारु भएको जोशीले जानकारी दिनुभयो ।

क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरिएको छ । यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए । विश्वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन । प्रशासनका कर्मचारी भने कार्यालय आउनुपर्ने त्रिविले जनाएको छ ।