जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १०:३५

कोरोनाबिरुद्ध लडन जनार्दन शर्माले दिए ९ सुझाव


काठमाडौं, चैत ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले कोरोना भाइरसको बिषयमा आतंक फैलाउने भन्दा सचेतना अपनाई सरकालाई सघाउन अपिल गर्नुभएको छ । कोरोना भाइरसबिरुद्ध सरकार, पार्टी र जनता मिलेर लडन पनि उहाँले आग्रह गर्नुभएको छ ।

यी हुन सुझाव

१. कोरोना भाइरस (कोभिड १९) को विरुद्ध तयारी सरकार, पार्टी, जनता मिलेर गरौं ।

२. बचाउ गर्नेबारे विभिन्न सुझाव आएको भएतापनि स्वास्थ्य क्षेत्र र बिज्ञहरुको आधिकारिक सुझावमा मात्र ध्यान दिऊँ ।

३. स्वास्थ्यकर्मी र डाक्टरहरुको मनोबल बढाउ,उहाँहरुलाई सर्जिकल एप्रोन लगायत अन्य आवश्यक सामाग्री उपलब्ध गराऊँ ।

४. कोरोना भाइरस (कोभिड १९) टेस्टकिड र मास्क लगायत अन्य सामग्रीहरु सरकारी स्टोरमा न्यून रहेकोले आवश्यक संख्या थपौं ।

५. थप आइसोलेसन र क्वारेन्टाइनको लागि ठुला विद्यालय र होटेलहरु नै अहिले सबैभन्दा उपयुक्त हुने भएकोले सरोकार वालाहरु संग सहमति गरौं ।

६. संकट आउँदा खाद्यन्न तथा औषधि सप्लाइको लागि आवश्यक समयन्त्र तयार पारी राखौं ।

७. मित्र राष्ट्रहरुको सहयोगको प्रतिबद्धता प्रती गम्भीर बनी आवश्यक सहयोग लिउ।

८. सतर्कताको कमीले महामारीमा बदलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध उच्च आत्मबल सहित प्रतिरोधका लागि तयार पारौं ।

९. कोरोना भाइरस (कोभिड १९)बाट डराएर होइन, अनावश्यक हल्ला गरेर हैन,त्यसबाट बच्ने उपाय सबै सम्म पुर्याउने र सम्बन्धि क्षेत्रका बिज्ञका उचित भनाइलाई नकारात्मक टिप्पणी होइन अनुसरण गरौं र लागू गर्ने गरौं ।