काठमाडौं, चैत ७ । कतार सरकारले कारोना नियन्त्रण सम्बन्धी निर्णयको अबज्ञा गर्दै भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई आज डिपोर्ट गरी नेपाल पठाएको छ । कतार सरकारको आदेशबिपरित भिडभाडमा गएकोले कोरोना संक्रमण हुनसक्ने आशंकामा पक्राउ गरी उनीहरूलाई कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं पठाएको हो ।
कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरिसकेको छ । नेपाल डिपोर्ट गरिएका नेपालीहरु गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।
डिपोर्ट गरिएका नेपालीको स्वास्थ्य परीक्षणसमेत नगरी पठाइएको छ । उनीहरुसँग स्वास्थ रिपोर्ट समेत छैन । उनीहरुमा कोरोना संक्रमण हुनसक्ने भन्दै नेपाल भित्र्याउनुअघि पक्राउ गरी आइसोलेसनमा राख्नुपर्ने सुझाव आएको छ ।
प्रतिक्रिया दिनुहोस्