आबुधाबी, चैत ८
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युएईमा दुई जनाको मृत्यु भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार शुक्रबार २ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा एक जना अरब मुलका युरोपबाट फर्किएका ७८ वर्षका नागरिक रहेको र हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ । त्यस्तै अर्का ५९ वर्षीय एसियाली मूलका व्यक्तिको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ बाट संक्रमित भए पनि उनमा श्वासप्रश्वास र मिर्गौलाको रोगी रहेको बताइएको छ । शनिबार बिहानसम्म युएईमा २ जनाको मृत्यु भएको छ भने १४० जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्