जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १०:१७

कोरोनाबाट बच्न मुख्यमन्त्री शंकर पोखरेलेको आयो यस्तो अपिल


बुटवल, चैत ८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाबाट जोगिन गाउँ फर्केका नागरिकलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमै बस्नअपिल गर्नुभएको छ । यतिवेला भारतका विभिन्न शहरवाट नागरिकहरु घर फर्किराखेको भन्दै मुख्यमन्त्री पोखरेलले आफु वसेको शहर वा वाटोमा पनि संक्रमण भएको हुनसक्छ भन्ने ठानेर घर फर्किएकाहरु दुई हप्तासम्म घरमै अरु सदस्य र छिमेकीसंगको दुरी वनाएर होम क्वारेन्टाइनमा वस्नुपर्ने सुझाउनु भएको हो ।

यस्तो छ पोखरेलको अपिल

यतिवेला भारतका विभिन्न शहरवाट नागरिकहरु घर फर्किराख्नु भएको छ ।आफु वसेको शहर वा वाटोमा पनि संक्रमण भएको हुनसक्छ भन्ने ठानेर घर फर्किएकाहरु दुई हप्तासम्म घरमै अरु सदस्य र छिमेकीसंगको दुरी वनाएर होम क्वारेन्टाइनमा वस्नुपर्ने हुन्छ । घरमा त्यो सुविधा नभएकाहरुका लागि स्थानिय सरकारहरुले क्वारेन्टाइनको व्यवस्था मिलाउनु पर्दछ ।१४ दिनसम्म रोगको कुनै लक्षण नदेखिएमा परिवार र समाजमा घुलमिलहुनु उपयुक्त हुन्छ । रोगको लक्षण देखिएको अवस्थामा भने डाक्टरको निगरानीमा आसोलेसनमा वसेर कोरोना भाईरसको परिक्षण गराउनु पर्दछ ।रुघाखोकी लाग्दैमा वा ज्वोरो आउदैमा कोरोना भाइरसको संक्रमण भएको ठान्नुहुदैन । कोरोनाभाईरस विरुद्धको महामारीवाट सुरक्षित रहन सरसफाई र आहारविहारमा विशेष ध्यान दिनु पर्दछ ।