जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १४:३९

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना


कैलाली, चैत ८

कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिकअस्पतालमा भर्ना गरिएको छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताउनुभयो ।

सबैलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र उक्त रिपोर्ट सोमबार आउने डा. जोशीले बताउनुभयो ।